|
|
|
|
बालबालिका सम्बन्धी ऐन, २०४८ बालबालिकाको हक हितको सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन नेपाल राजपत्रमा प्रकाशित तथा लालमोहर सदर मिति २०४९ जे ठ ७ गते ऐन प्रारम्भ भएको मिति २०५० बैशाख १ गते। बिस्तृत जानकारीको लागि यस लिंङ्कमा हेर्नुहोस्, धन्यवाद। बालश्रम (निषेध र नियमित गर्ने) ऐन, २०५६ नेपाल राजपत्रमा प्रकाशित मिति २०५७।३।७ २०५७ सालको ऐन नं. १ बाल श्रम (निषेध र नियमित गर्ने) सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन प्रसस्तावनाः बालकलाई कल कारखाना, खानी वा यस्तै अन्य जोखिमपुर्ण काममा लगाउन निषेध गर्न तथा बालकलाई अन्य काममा लगाउँदा उनीहरुको स्वास्थ्य, सुरक्षा तथा सेवा र सुविधाका सम्बन्धमा आवश्यक व्यवस्था गर्न वाञ्छनीय भएकोले..बिस्तृत जानकारीको लागि यस लिंङ्कमा हेर्नुहोस्, धन्यवाद।
लालमोहर र प्रकाशन मिति २०४९।२।२ २०४९ सालको ऐन नं. ९ स्वस्तिश्री गिरिराजचक्रचूडामणि नरनारायणेत्यादि विविध विरुदावली विराजमान मनोन्नत महेन्द्रमाला परम नेपाल प्रतापभास्कर ओजस्विराजन्य परम गौरबमय तेजस्वी त्रिभुवनप्रजातन्त्रश्रीपद परम उज्ज्वल कर्र्तिमय नेपाल श्रीपद परम प्रोज्ज्वल नेपालतारा परम पवित्र ç रामपट्ट परम ज्यातिर्मय सुविख्यात त्रिशक्तिपट्ट परम सुप्रसिद्ध प्रवल गोरखादक्षिणबाहु परमाधिपति अतिरथी परम सेवाधिपति श्री श्री श्री श्री श्रीमन्महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेव देवानाम् सदा समरविजयिनाम् श्रम सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन प्रस्तावनाः विभिन्न क्षेत्रका प्रतिष्ठानहरुमा काम गर्ने कामदार तथा कर्मचारीहरुको हक, हित, सुविधा तथा सुरक्षाको व्यवस्था गरी श्रम सम्बन्धमा समयोचित व्यवस्था गर्न वाञ्छनीय भएकोले, बिस्तृत जानकारीको लागि यस लिंङ्कमा हेर्नुहोस्, धन्यवाद। बोनस ऐन, २०३० संशोधन गर्ने ऐन लालमोहर र प्रकाशन मिति २०३०।१२।११।१ २०३० सालको ऐन नं. २० बोनस वितरण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन प्रस्तावना व्प्रतिष्ठानमा काम गर्ने कामदार तथा कर्मचारीलाई बोनस वितरण गर्ने सम्बन्धमा कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकोले, श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको सल्लाह र सम्मतिले यो ऐन बनाई बक्सेको छ। १. संक्षिप्त नाम, विस्तार र प्रारम्भ -१) यस ऐनको नाम "बोनस ऐन, २०३०" रहेको छ । २) यो ऐन नेपाल अधिराज्यभर लागू हुनेछ ।बिस्तृत जानकारीको लागि यस लिंङ्कमा हेर्नुहोस्, धन्यवाद। औद्योगिक प्रशिक्षार्थी तालीम ऐन, २०३९ लालमोहर र प्रकाशन मिति संशोधन गर्ने ऐन २०३९।८।६।१ औद्योगिक तालीमको सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन प्रस्तावनाः- नेपाली श्रमजीवीहरूलाई बढी मात्रामा औद्योगिक कार्यमा संलग्न गराउन औद्योगिक प्रतिष्ठानमा औद्योगिक सीप सिकाउने तालीमसम्बन्धी व्यवस्था गर्न वाञ्छनीय भएकोले, श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको सल्लाह र सम्मतिले यो ऐन बनाई बक्सेकोछ । १.संक्षिप्त नाम र प्रारम्भ (१) यस ऐनको नाम "औद्योगिक प्रशिक्षार्थी तालीम ऐन, २०३९" रहेको छ। (२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ। बिस्तृत जानकारीको लागि यस लिंङ्कमा हेर्नुहोस्, धन्यवाद। ट्रेड यूनियन ऐन, २०४९ प्रस्तावना: प्रतिष्ठान र प्रतिष्ठान बाहिर विभिन्न उद्योग व्यापार, व्यवसाय वा सेवामा काम गर्ने कामदार तथा स्वरोजगार गर्ने व्यक्तिहरुको व्यावसायिक तथा पेशागत हक हितलाई संरक्षण र सर्म्बर्द्धन गर्नको लागि ट्रेड यूनियनको दर्ता, संचालन र तत्सम्बन्धी अन्य आवश्यक व्यवस्था गर्ने सम्बन्धमा कानूनी व्यवस्थागर्न वान्छनीय भएकोले, श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवको शासनकालको सत्ताइसौं वर्षा संसदले यो ऐन बनाएको छ। १. संक्षिप्त नाम र प्रारम्भ: (१) यस ऐनको नाम "ट्रेड यूनियन -पहिलो संशोधन) ऐन २०५५" रहेको छ। (२) यो ऐन तुरन्त प्रारम्भ हुनेछ। बिस्तृत जानकारीको लागि यस लिंङ्कमा हेर्नुहोस्, धन्यवाद। अध्यागमन ऐन, २०४९ प्रस्तावना: नेपाल राज्य भित्र विदेशीहरुको प्रवेश, उपस्थिति र प्रस्थानलाई नियमित एवं नियन्त्रण गर्न तथा नेपाली नागरिकहरुको आगमन र प्रस्थानलाई व्यवस्थित गर्न वाञ्छनीय भएकोले; बिस्तृत जानकारीको लागि यस लिंङ्कमा हेर्नुहोस्, धन्यवाद। Site Updated On: Thu, 16 Feb 2012 11:05:33 AM
|