|
|
|
|
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद(CTEVT) अन्तरगत रोजगारीका लागि सीप परियोजना (Skill for Employment Project, SEP) एशियाली विकास वैङ्कको सहयोगमा संचालन हुदै आएको छ। यसको मुख्य लक्ष्य भनेको खासगरी महिला, दलित तथा पछाडि परेको वर्गको गरिवी निवारण तथा स्थायित्व पर्रवर्द्धन गर्नु रहेको छ। यसका लागि वजारमा आधारित छोटो अवधिका सीपमूलक (Market Oriented Short Term, MOST) तालिम का अवसरहरुमा लक्षित वर्गको पहूच बढाएर रोजगारीको दर अभिवृद्धि गर्ने उदेश्य राखिएको छ। SEP का विभिन्न कार्यक्रमहरुमध्ये रोजगार सेवा केन्द्र (Employment Service Centers, ESCs) को स्थापना पनि हो। SEPs स्थापनाको प्रमुख उदेश्य श्रम वजारमा तालिम र रोजगारीवीचको अन्तरलाई समवोधन गर्नु हो। यसका लागि सीपमूलक तालिम तथा रोजगारीका अवसरहरु सम्बन्धी सूचनाको व्यवस्थापनद्वारा लक्षित समूहको रोजगारीको दर अभिवृद्धि गर्नु नै हो। उक्त परियोजना तथा श्रम तथा यातायात व्यवस्था मन्त्रालय अनतरगत तत्कालीन श्रम तथा रोजगार पर्रवर्द्धन विभागको समन्वयमा आ.व. २०६४।६५ मा श्रम कार्यालय धनगढी, काठमाण्डौ र विराटनगर गरी तीन स्थानमा LMIS स्थापना गरिएको छ। श्रम वजार सूचना प्रणली (Labour Market Information System, LMIS) को विकास र विस्तार सम्बन्धी कार्य यी नै ESC बाट सम्पादन गर्नेगरी विगतमा शिक्षा मनत्रालयबाट कार्यक्रम समेत प्राप्त हुनेगरेको तर सो को कार्यान्वयन पक्ष भने सन्तोषजनक रहेको छैन। गत वर्षश्रम तथा रोजगार पर्रवर्द्धन विभागको विघटन भई श्रम विभाग र वैदेशिक रोजगार विभागको गठन भएपछि उक्त LMIS सम्बन्धी कार्य श्रम विभागबाट संचालन हुदै आएको छ। यस आ.व.मा LMIS अन्तरगत रोजगार सूचना केन्द्र तथा सेवा केन्द्रका कर्मचारीहरुका लागि श्रम वजार सूचना सम्बन्धी अन्तरक्रिया, रोजगारीका अवसर तथा श्रम नियम र सेवाहरुमा सरोकारवाहरुको पहूँच बढाउन श्रम विभागको ध्भदकष्तभ सुधार, रोजगार सेवा/सूचना केन्द्र सम्बन्धी प्रचार प्रसार लगायतका कार्यक्रम श्रम विभागबाट संचालन गर्नेगरी प्राप्त भएका छन्। Site Updated On: Thu, 16 Feb 2012 11:05:33 AM
|