श्रम नियमावली, २०५०

 नेपाल राजपत्रमा प्रकाशित मिति २०५०।७।२३ श्रम ऐन, २०४८ को दफा ८६ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ। प्रारम्भिक  १.संक्षिप्त नाम र प्रारम्भः (१) यी नियमहरूको नाम "श्रम नियमावली, २०५०" रहेको छ। (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ। २.परिभाषाः विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस नियमावलीमा (क)"ऐन" भन्नाले श्रम ऐन, २०४८ सम्झनुर्पर्छ। ३.नाबालिगलाई  काममा लगाउने समयः (१) चौध वर्षन्दा माथि सोह्र वर्षन्दा मुनिका नाबालिग कामदार वा कर्मचारीलाई कुनै पनि प्रतिष्ठानको काममा लगाउँदा ऐनको दफा ५ को उपदफा (२) को अधीनमा रही दिनको ६ घण्टा र हप्ताको छत्तीस घण्टाभन्दा बढी समयसम्म काममा लगाउनुहुँदैन। बिस्तृत जानकारीको लागि यस लिंङ्कमा हेर्नुहोस्, धन्यवाद।


ट्रेड यूनियन नियमावली, २०५०

ट्रेड यूनियन ऐन, २०४९ को दफा ३१ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरु बनाएको छ । १. संक्षिप्त नाम र प्रारम्भ  (१) यी नियमहरुको नाम "ट्रेड यूनियन नियमावली, २०५०" रहेको छ । २. परिभाषा  विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस नियमावलीमा, (क) ऐन" भन्नाले ट्रेड यूनियन ऐन, २०४९ सम्झनु पर्दछ । (ख) दर्ताको प्रमाणपत्र" भन्नाले यस नियमावली बमोजिम पंजिकाधिकारीले प्रतिष्ठानस्तरको ट्रेड यूनियनलाई दर्ता गरी दिएको प्रमाणपत्र सम्झनु पर्छ र सो शब्दले पंजिकाधिकारले यस नियमावली बमोजिम ट्रेड यूनियनसंघ वा ट्रेड यूनियन महासंघलाई दर्ता गरीदिएको प्रमाणपत्रलाई समेत जनाउँछ ।   बिस्तृत जानकारीको लागि यस लिंङ्कमा हेर्नुहोस्, धन्यवाद।


बोनस नियमावली, २०३९

(संशोधन समेत मिलाइएको)  नेपाल राजपत्रमा प्रकाशित मिति २०३९।२।३१ पहिलो संशोधन मिति २०५६।१०।२४  बोनस ऐन, २०३० को दफा २७ ले दिएको अधिकार प्रयोग गरी नेपाल  सरकारले देहायका नियमहरु बनाएको छ ।  १. संक्षिप्त नाम र प्रारम्भ (१) यी नियमहरुको नाम "बोनस नियमावली २०३९" रहेको छ । (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ । २. परिभाषा  विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यो नियमावलीमा ; (क) "ऐन" भन्नाले बोनस ऐन, २०३० सम्झनु पर्छ । (क) "कल्याणकारी कोष "भन्नाले ऐनको दफा १३ बमोजिमको राष्ट्रियस्तरको कल्याणकारी कोष सम्झनु पर्छ । (ख) "समिति" भन्नाले कल्याणकारी कोष संचालन गर्न नियम १० बमोजिम गठन भएको कल्याणकारी समिति सम्झनु पर्छ । (ग) "अध्यक्ष" भन्नाले समितिको अध्यक्ष सम्झनु पर्छ ।  बिस्तृत जानकारीको लागि यस लिंङ्कमा हेर्नुहोस्, धन्यवाद।

 


 

अध्यागमन ऐन, २०४९

प्रस्तावना: नेपाल राज्य भित्र विदेशीहरुको प्रवेश, उपस्थिति र प्रस्थानलाई नियमित एवं नियन्त्रण गर्न तथा नेपाली नागरिकहरुको आगमन र प्रस्थानलाई व्यवस्थित गर्न वाञ्छनीय भएकोले; बिस्तृत जानकारीको लागि यस लिंङ्कमा हेर्नुहोस्, धन्यवाद।


Site Updated On: Thu, 16 Feb 2012 11:05:33 AM