श्रम विभागको कार्यक्षेत्र मूलतः श्रम प्रशासन नै हो । विभागको नीति निर्णय कार्यान्वयनका लागि नेपालभरिमा गरी १० वटा श्रम कार्यालयहरु रहेका छन् । विभागको कार्यक्षेत्रमा देहायका विषयहरु पर्दछन्;

  • देशभित्र श्रम सम्बन्धको विकास गर्ने।
  • श्रमिक हक हित पर्रवर्द्धन गर्ने।
  • आन्तरिक श्रम बजार र्सर्भेक्षण गर्ने
  •  ट्रेड यूनियनहरुको दर्ता तथा नवीकरण गर्ने।
  • व्यवसायजन्य सुरक्षा कायम गर्ने।
  • श्रमिकहरुको अद्यावधिक तथ्याङ्क राख्ने।
  • श्रमशक्तिको विकास तथा सदुपयोग गरी उत्पादकत्व वृद्धि गर्ने।
  • कामदारहरुको सम्बन्धमा आउने श्रम विवादको समाधान गर्ने ।
  • श्रम सम्बन्धी विषयहरुमा राय प्रतिक्रिया उपलव्ध गराउने।
  • विभिन्न गोष्ठी, सेमिनारमा भाग लिने।
  • श्रम सम्बन्धी विषयका तथ्याङ्क एवं सूचनाहरु उपलव्ध गराउने।
  • श्रम व्यवस्थापन सम्बन्धमा पर्रवर्द्धनात्मक कार्य गर्ने ।
  • अन्तराष्ट्रिय श्रम संगठनका विभिन्न अनुबन्ध एवं महासन्धिहरुको सम्बन्धमा राष्ट्रले व्यक्त गरेका प्रतिवद्धताको परिपालना गर्ने गराउने।

विभागको कार्य विवरणः

श्रम विभागले प्रचलित ऐन, नियमहरुबाट आफूलाई निर्दिष्ट गरिएको आर्थिक प्रशासनिक तथा नीति निर्देशन सम्बन्धी कार्यसञ्चालनका साथै देहायको श्रम व्यवस्थापन कार्य समेत गरिआएको छः

  • श्रमिक र उद्योग प्रतिष्ठानका व्यवस्थापनबीच स्वस्थ तथा सुमधुर औद्योगिक सम्बन्ध कायम गरी लगानीमैत्री वातावरण कायम गर्ने।
  • श्रम सम्बन्धी कानून तथा नीतिको प्रभावकारी कार्यान्वयनको प्रबन्ध मिलाउने।
  • श्रमजीवी कामदारहरुको आधारभूत हक अधिकारको संरक्षण तथा सुरक्षित कार्यअवस्थाको पर्रवर्द्धन गर्ने।
  • औद्योगिक स्वास्थ्य एवम् सुरक्षा सम्बन्धी कार्य गर्ने।
  • केन्द्रीय श्रम सल्लाहकार समितिको सचिवालयको काम गर्ने।
  • गैर नेपाली नागरिकलाई श्रम ऐन अनुसार श्रम स्वीकृति प्रदान गर्ने।
  • बोनस सम्बन्धी कार्यहरु गर्ने।
  • कल्याणकारी कोषको व्यवस्थापन सम्बन्धी काम गर्ने।
  • ट्टेड यूनियनको दर्ता, अभिलेख र अन्य कार्य गर्ने।
  • श्रम तथा रोजगार बजार सम्बन्धी तथ्याङ्क संकलन, विश्लेषण, अध्ययन, अनुसन्धान गर्ने।
  • नेपाल सरकार, श्रम तथा यातायात व्यवस्था मन्त्रालयको नीति निर्देशन अनुसार अन्तराष्ट्रिय श्रम संगठनसँग सहकार्य गर्ने।
Site Updated On: Thu, 16 Feb 2012 11:05:33 AM